गोरखा, शनिबार, २६ असार २०७८ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चो’री भएको छ ।
करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चो’री भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनु भयो ।
‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उहाँले भन्नुभयो, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् ।’ सेफमा रहेको रकममध्ये तीस लाख चोरी भएको उहाँले भन्नुभयो । ‘सेफ भित्र करिव ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछ,’
संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चो’री भएको सिसिटिभी जडान गरिएको कम्प्यूटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । सहकारीमा चो’री भएको बारे बिहान आठ बजे मात्र थाहा भएको र ‘आज मिटिङ बोलाएका थियौं, बिहान आठ बजे कर्मचारी कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भयो,’ उहाँले बताउनु भयो ।








































