काठमाडौं, शनिबार, २६ असार २०७८ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको स्वा’स्थ्यमा स’मस्या आएको छ ।
नेपाललाई ज’नै ख’टिरा आएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपाल चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेको उनले बताए ।
शनिबार दिउँसो कोटेश्वर निवासमा पुगी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिई स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
नेपालको सचिवालयले जारी गरेको विज्ञप्ती:-
२०७८ असार २६ गते,
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वा’स्थ्यमा समस्या (जनै ख’टिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।
मोहन गौतम
स्वकीय सचिव









































