काठमाडौँ, बिहिबार, २३ असार २०७८ । नि’षेधाज्ञा खु’कुलो भएसँंगै को’रोना स’ङ्क्रमितको स’ङ्ख्यामा वृ’द्धि हुन थालेको छ ।
विगत २४ घण्टामा झन्डै तीन हजार जनामा स’ङ्क्रमण देखिएको छ । प्रत्येक दिन दुई हजार जनाको हाराहारीमा सङ्क्रमण झरिसकेको अवस्थामा दैनिक क्रमशः बढ्दै गई तीन हजारको हाराहारीमा पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप दुई हजार ९८९ जनालाई को’रोना भा’इरस स’ङ्क्रमण पु’ष्टि भएको हो ।
सरकारले को’रोना स’ङ्क्रमितको स’ङ्ख्या घट्दै गएपछि नि’षेधाज्ञा खु’कुलो पार्दै लगेको थियो । यातायात सुचारु गरेसँंगै कोरोना सङ्क्रमितको स’ङ्ख्या बढेको हो । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे निषेधाज्ञा खुलाउन सरकारले हतार गरेको बताउनुभयो ।
एक हजार÷एक हजार पाँच सयको सङ्ख्यामा घटिसकेको सङ्क्रमण यातायातलगायत बजार पसल खुलेसँंगै बढेको जानकारी गराउँदै उहाँले दैनिक तीन हजारको हाराहारीमा सङ्क्रमण पुष्टि हुनुलाई घटेको भन्न नमिल्ने र जनस्वास्थ्यको मापदण्डबिना चललपहल बढ्नु ठीक नभएको बताउनुभयो ।









































