पोखरा, शनिबार, १९ असार २०७८ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशमा ‘एक व्य’क्ति दुई खो’प’ अ’भियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले को’रोना वि’रुद्धका खो’प खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।
सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा शुक्रबार आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अ’भिबृद्धिका लागि अ’भिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले एक व्य’क्ति दु’ई खो’प अ’भियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
जनताको प्रत्यक्ष से’वामा खटिने ज’नप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उहाँकोे भनाई छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अ’भिमुखीकरण कार्यक्रमले विकास नि’र्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक डा भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कामलाई विकास मान्न नसकिने बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सु’शासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय एवम् दीगो विकास अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिनुभयो । सुशासन तथा कानून विज्ञ वीरेन्द्र पराजुलीले कार्यपालिका सदस्यको काम कर्तव्य र अधिकारबारे जा’नकारी गराउँदै स्था’नीय सरकार सञ्चालन ऐ’नका आधारमा जनप्रतिनिधिहरुले काम गरेमा सहज हुने वि’श्वास व्यक्त गर्नुभयो ।
समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाबारे चर्चा गर्दै विकास समय सा’न्दर्भिक हुनुपर्ने धारणा राख्नुभयो । कास्की लगायत छिमेकी जिल्लाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा समन्वय उपप्रमुख सावित्रा भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले प्रभावकारी अनुगमन र गुणस्तरीय विकास निर्माणको आवश्यकता माथि जोड दिनुभएको थियो ।









































