काठमाडौँ, शुक्रबार, १८ असार २०७८ । गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठि’स” तीज गीत सार्वजनिक भएको छ ।
के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको सुमधुर आवाज रहेको छ ।
“तीज–भयो क्यारे ठि’स” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिन्छ । उक्त गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ । गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् ।








































