काठमाडौँ, १७ असार २०७८ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् ।
यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन।








































