काठमाडौं, १६ असार २०७८ । सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेपछिको यो पहिलो बैठक हो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई पुरानै संरचनाअनुसार सञ्चालन गर्ने निर्णय गरेको थियो। एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।








































