काठमाडौं, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।
आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिले राति, दिउँसो वा साँझ जुनसुकै बेला निर्णय गर्न सक्ने तर्क गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई राति भेटेर संसद विघटनको निर्णय गरेको भन्ने प्रश्नमा जवाफ दिँदै बडालले भने, ‘राष्ट्रपतिले राति, दिउँसो वा साँझ जुनसुकै बेला निर्णय गर्न सक्नुहुन्छ, त्यसो हो भने सर्वोच्च अदालतबाट ५ बजेपछि भएका सबै फैसला खारेज हुनुपर्यो । जुन फागुन ११ को फैसला पनि ५ बजेभन्दा पछि भएको थियो ।’
उनले इजलासमा प्रधानमन्त्रीको लागि निवेदन लिएर जानुअघि नै शेरबहादुर देउवाको निवेदन मिडियामा कसरी आयो भन्दै प्रश्नसमेत गरेका छन् ।








































