काठमाडौं, आइतबार, १३ असार २०७८ । नि’षेधज्ञासँगै वन्द भएको आन्तरिक हवाइ उडान पुनः विहीबारदेखि शुरु हुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
विहीबारबाट विहान ६ बजे देखि वेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने क्षेत्रीले जानकारी दिनुभयो ।
कूल उडान क्षमताकाे ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।








































