काठमाडौँ । उपप्रधानमन्त्री, गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको बताएका छन् ।
गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै मन्त्री पौडेलले संविधानले नै वैकल्पिक व्यवस्था दिन नसकेर सरकार बाध्य भएर नयाँ जनादेशमा जान लागेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएर मार्गप्रशस्त गर्दा पनि वैकल्पिक सरकार गठन नभएपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जानुपरेको उनकाे भनाई छ ।








































