काठमाडौँ, शनिबार, १२ असार २०७८ । हेलुम्बु र मेलम्ची बाढी पिडित उद्धारका निम्ति दुई स्थानीय तहलाई रकम हस्तान्तरण गरिएको छ ।
कागेश्वोरी मनहरा नगरपालिका वडा न .६ स्थित लक्ष्मीनारायण बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष शंकर थापा सहितको टोलिले हेलुम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई बाढी पिडितहरुको उद्धारका निम्ति दुई स्थानीय तहलाई जनही रु ५५००० रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमपछि मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले अध्यक्ष शंकर थापालाई धन्यवाद पत्र सहित संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।









































