काठमाडौं, ११ असार २०७८ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकांक्षीले नेता तथा कार्यकर्ताहरुसँगको भेट तीव्र बनाएका छन्।
महाधिवेशनमा तीन नेताबीच सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । क्रियाशील सदस्यता सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी छ । यो उनीहरुको दोस्रो चरणको छलफल हो ।
सोमबार निधि, सिंह र कोइरालाबीच बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।








































