गोरखा, शुक्रबार, ११ असार २०७८ । आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई को’रोना सं’क्रमण पुष्टी भएको छ । अध्यक्ष दाहालको एन्टिजेन र पीसीआर परिक्षण दुवैका पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बसेका छन् ।
जिल्ला विपत ब्यवस्थापन समितिको गएको असार ४ गते जिल्ला सदरमुकाममा रहेको प्रशासन कार्यालयमा भएको बैठकमा सहभागी भएर फर्किएका दाहाललाई स्वास्थ्यमा समस्या देखिए पछि ८ गते एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको दाहालले बताए ।









































