काठमाडौँ, मंगलबार, ८ असार २०७८ । लामो समयदेखि जापानमा कर्मथलो बनाएका यदुराम सापकोटाले परदेशको कहानीमा आधारित मर्मस्पर्शी गित आम दर्शक स्रोता माझ “नलिनु है चिन्ता” लिएर आउनु भएको छ ।
आमा, बाबा, श्रीमती र छोरीलाई चिन्ता नलिन आग्रह गर्दै आफैले शब्द चयन गरी यदुराम सापकोटाको सुमधुर आवाज उक्त गीतमा रहेको छ । लय जापानमा नै रहनु भएका चर्चित गायक सुर्य खड्काको रहेको छ ।
उक्त गीतमा तारानाथ आचार्यको एरेञ्ज, गणेश सापकोटाको छायांकन, सुबास अम्गाईको सम्पादन, होम गुरुङको निर्देशनमा दिनेश के सी र अस्मिता थापा के सीको अभिनय रहेको छ । यदुराम सापकोटाको अफिसियल च्यानल युटुव मार्फत उक्त गीत सार्बजनिक गरिएको छ ।
भिडियो








































