गोरखा, मंगलबार, १ असार २०७८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले २ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

पालुङटार नगरपालिका र यस अन्तर्गतका स्वास्थ्य कार्यलय, वडा कार्यलयहरुलाई नेपाली कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले को’भिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कन्सन्ट्रेटर २ थान सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख ई. दिपक बाबु कंडेल, प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

‘दुर्गम गाउँका बिरामीले सहज सेवा पाउन को’भिडको माहामारीका बेला अक्सिजन कन्सनट्रेटर प्रभावकारी हुन्छ भन्ने लागेर यो उपलब्ध गराएको हुँ’ कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले भन्नुभयो । कोरोना संक्रमण लुकाएर बस्दा गाउँगाउँमा संक्रमण बढेको हुन सक्ने भन्दै उनले आफ्नो पार्टीका कार्याकर्तालाई आफु सुरक्षित भएर जनतालाई सुचित गराउन अनुरोध गर्नुभयो ।









































