काठमाडौं, सोमबार, ३१ जेठ २०७८। आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेद खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको थियाे ।
को’रोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज खोपको पहिलो मात्रा पुनः लगाइने शुरू गरिएकाे छ ।
काठमाडाैंका चारवटा अस्पतालमा दिन शुरू गरिएकाे साे खाेप लगाउने स्थानमा मानिसकाे भीड लागेकाे छ ।
जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकाएको जानकारी दिएको थियो ।
यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जानकारी दिइएकाे छ ।
खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरमा खोप लगाइने छ ।









































