दमौली, आइतबार, ३० जेठ २०७८ । कोरोना कहर र नि’षेधाज्ञाका कारण रक्तदानका कार्यक्रम ठप्प छन् । यसअघि नियमितरूपमा रक्तदान हुँदै आए पनि कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिएका छन् ।
नियमित रक्तदानले दमौली अस्पतालमा डायलासिसलगायतका बिरामीले सहजरूपमा रगत पाइरहेका थिए । गत वैशाख २२ गतेदेखि नि’षेधाज्ञा लागू भएपछि यहाँ रगतको अभाव छ । बिरामीले सहजरूपमा रगत पाउन सकेका छैनन् ।
रगतको अभाव टार्ने प्रयासस्वरुप लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँले आज यहाँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ३० जनाले रगतदान गरेको लियो क्लब अफ तनहुँका २०२१–२२ का अध्यक्ष सुनिल मिश्रले जानकारी दिए ।
“नि’षेधाज्ञाका कारण रगतको अभाव छ, रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानको आयोजना ग¥यौँ”, उनले भने ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संकटको घडीमा रगतको अभाव टार्ने प्रयास गरेर क्लबले उदाहरणी कार्य गरेको बताए ।









































