काठमाडौं, शुक्रबार, २८ जेठ २०७८ । विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमतसहित दाबी गरेको छ ।
प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र पेश गरेका हुन् ।
प्रदेश प्रमुखलाई ३१ जना सांसदकाे हस्ताक्षरसहितकाे दाबी पत्र बुझाइएको छ ।
दाबी पत्रमा स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका छन् ।












































