गोरखा, बिहिबार, २७ जेठ २०७८ । गोरखा कांग्रेसका सचिव नन्द प्रसाद न्यौपानेको पहलमा, ने का जिल्ला सदस्य टिकाराम गुरुङ, संचारकर्मी बिमल भट्ट गॉंउ गॉंउ पुगेर स्वास्थ्य सामाग्री बितरण गर्नु भएको छ ।


गोरखाको गण्डकी गाउँपालिकाको ध्याल्चोक, फुजेल, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, हर्मी, पालुङ्गटार नगरपालिका, धार्चे गाउँपालिका, सहिद लखन गाउँपालिका घैरुगं, नाम्जुग, बुंकोट, ताग्लीचोक ताक्लुग, मनकामना, भिमसेन थापा गाउँपालिकामा अक्सिजन सिलिन्डर, कन्सनट्रेटर र मास्क लागायत स्वास्थ्य सामाग्री बितरण गर्नु भएको थियो ।

साथै, कोरोना माहामारीका बेला जनताको उपचार, सुरक्षा र कोरोना प्रभावबाट परेको समस्याका बारेमा जानकारी लिनु भएको थियो ।


साथै, नेपाली कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले आज ध्याम्पेसाल स्थिति आईसोलेसनमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।


कांग्रेस केन्द्रिय सदस्य कमला पन्तको समन्वय ३ वटा कन्सनट्रेटर, ११ ओटा अक्सिजन सिलिन्डर नेता राजेन्द्र बजगाइले सहयोग गर्नु भएको थियो ।

कोरोना रोकथाम र नियन्त्रणमा नेपाली कांग्रेस नेता, भाृत संघ संगठन, वडा, पालिका, जिल्ला,क्षेत्र, प्रदेश र केन्द्रिय स्तरका नेताहरु निरन्तर लागिरहेका छन् ।













































