काठमाडौं, बुधबार, २६ जेठ २०७८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् ।
बैठकमा सहभागी हुन आग्रह गर्दै सापकोटाले बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई चिठ्ठी लेखेका हुन् ।
उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका हुन् ।









































