धादिङ, मंगलबार, २५ जेठ २०७८ । जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका तिनै जना नदिमा नुहाउने क्रममा नदिले ३ जनालाई नदीले बगाएको छ ।
बुढिगण्डकी नदिले बगाउँदा ज्वालामुखीका ३ जना युवा बे´पत्ता भएका छन् ।
बे´पत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका २ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् ।
मंगलबार वडा नम्बर २ स्थित जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका तिनै जना नदिमा नुहाउने क्रममा नदिले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
बे´पत्ता भएका तीनै जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।









































