काठमाडौँ, मंगलबार, २५ जेठ २०७८ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको एकता आह्वानको वक्तव्यलाई इमान्दार प्रयत्न मान्न नसकिने बताएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले ओलीको वक्तव्यमा आफ्नै प्रंशसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएको टिप्पणी गरेका हुन् । ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले उत्त प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख पनि गरेका छन् ।









































