काठमाडौँ, २४ जेठ २०७८ । चुरे दोहन, असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको विरोध प्रदर्शनका क्रममा प्रहरीले काठमाडौंको सोह्रखुट्टे बाट नेपाल विद्यार्थी संघका नेताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्रशान्त लामिछाने, सन्तोष श्रेष्ठ, सागर बाबू भट्ट, लक्ष्मण भट्ट,सबिन भण्डारी, शक्तिमान तामाङ रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टे राखिएको छ । यसले चुरे दोहन हुने भन्दै सरोकालवालाहरुले आपत्ति जनाइरहेका छन् ।








































