काठमाडौं, २४ जेठ २०७८ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको बताएका छन् ।
जसपाका नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री बनेपछि बहुल राष्ट्रमुक्ति स्रगामको तयारी गर्ने बताएपछि त्यसलाई लक्षित गर्दै सोमबार सामाजिक सञ्जालमा नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको उल्लेख गरेका छन् ।
बहुल राष्ट्रमुक्ति संग्राम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनले आरोप लगाएका छन् ।
‘बहुल राष्ट्र मुक्ति संग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्,’ पौडेलले लेखेका छन् ।
सत्तालाई नभई व्यवस्थालाई महत्व दिउँ भन्नेले नै अहिले चुरे ध्वस्त पार्न लागेको उनको भनाई छ । उनले भनेका छन्, ‘सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ ।’








































