काठमाडौं, जेठ २३ गते । लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुनसक्ने भन्नुहुँदै एकताका लागि प्रधानमन्त्रीद्वारा पुनः आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी बलियो भयो भनेमात्र देशको लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुनसक्ने भन्नुहुँदै एकताका लागि पुनः आव्हान गर्नुभएको छ ।
उहाँले आज एक अपिल जरी गरी पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले पार्टी एकता अब सम्भव नरहेको अभिव्यक्ति दिइरनुभएका बेला अध्यक्ष ओलीले आइतबार अपरान्ह पार्टीको नाममा एकता आव्हान गर्नुभएको हो ।










































