Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३७:५९ बिहान
- ADVERTISEMENT -

नेपाल पक्षको निश्कर्ष : ओलीको एकताको भ्रममा नपरौं

प्रकाशित मिति: २०७८ जेठ २३, आइतबार

407
Shares

काठमाडौ, आइतबार, २३ जेठ २०७८ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभएकाले पार्टी एकता हुने सम्भावना कमजोर रहेको निष्कर्ष निकालेको छ।

केही दिनदेखि निरन्तर चलेको आफू पक्षीय केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठकबाट पारित प्रस्तावमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको छ ।

‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान गर्दछौं’ बैठकको निर्णयमा भनिएको छ ।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णयअनुरुप सिंगो पार्टी एकताबद्ध र प्रभावकारीरुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको तर प्रधानमन्त्री केपी ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका कारण सम्भव नभएको नेपालपक्षको बुझाइ छ। ओलीले वाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसद्‍माथि आक्रमण गरिएको बताइएको छ।

यस्तो स्थितिमा आफूहरु नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी समेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -