काठमाडौं, २३ जेठ २०७८ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको खाइपाइ आएको सेवासुविधा नघट्ने बारेमा कोषले प्रष्ट पारेको छ ।
केही समय यता विभिन्न सञ्चारमाध्यमबाट कोषमा आबद्ध श्रमिकको खाइपाइ आएको सेवासुविधा घट्ने भनेर गलत प्रचार भएको भन्दै यस विषयमा सामाजिक सुरक्षा कोषले प्रष्ट पारेको हो ।
ऐनमा नै श्रमिक कर्मचारीको सेवा सुविधाको सुरक्षाको कानुनी प्रत्याभूति गरिसकेको सन्दर्भमा कोषमा आबद्ध हुँदा खाइपाइ आएको सुविधा नघट्ने स्पष्ट व्यवस्था भएको कोषले जनाएको छ ।








































