सुर्खेत, आइतबार, २३ जेठ २०७८ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज हुने भएको छ ।
नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ नियुक्त भएका हुन् ।
सपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए ।
सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको निर्णयअनुसार उनीहरु मन्त्रीमण्डलमा सहभागी भएका हुन्।








































