काठमाडौं, आइतबार, २३ जेठ २०७८ । विवादास्पद अभिव्यक्तिले आलोचित बनेका कम चलाउ सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको प्रष्टिकरण दिएका छन ।
शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महतोले गए राति एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति सच्याएका हुन्।
उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भन्दै स्पष्ट पारेका छन् ।









































