काठमाडौं, शनिबार, २२ जेठ २०७८ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्न टिमभित्रै समस्या उत्पन्न भएको बताएका छन् ।
आफूनिकट जिल्ला अध्यक्ष र सचिवको भर्चुअल भेलामा नेता नेपालले टिमभित्रै मत बाझिएकाले नयाँ आन्दोलन निर्माण गर्न नसकिएको बताएका हुन् ।
“जिल्ला अध्यक्ष तथा सचिवहरूले तत्काल बोल्ड डिजिसन गरेर अघि बढ्नुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले सीमा नाघिसकेकाले उनीसँग मिल्ने सम्भावना देखिँदैन,” भर्चुअल बैठकमा सहभागी एक नेताले भने, “अलमल नगरी छिट्टै निष्कर्षमा पुग्नुपर्छ भन्ने केही जिल्ला नेताहरूको राय थियो ।”








































