काठमाडौँ, २२ जेठ २०७८ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ‘हरेक नागरिकलाई मास्क लगाउन सचेतना अभियान’ सुरु गर्नु भएको छ । उक्त अभियानलाई सफल बनाउन आज तनहुँ जानु हुने बताउनु भएको छ ।

नागरिकलाई मास्क पुर्याउने र अस्पतालहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने हेतुले यस अभियान सञ्चालन गरेको नेता पौडेलले नताउनु भयो । यसै अभियनको सिलसिलामा विभिन्न स्वास्थ्य सामाग्री लिएर आज हामी गृह जिल्ला तनहुँको यात्रामा छौँ, उहाँले भन्नुभयो ।
विभिन्न व्यक्ती र सघं सस्थाहरुको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्रीः ८ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार थान सर्जिकल माक्स, ४०० थान पीपीई सेट, केही कार्टुन औषधी, केहि कार्टुन पञ्जा, केही कार्टुन सेनिटाईजर, केहि कार्टुन फेस लाईट लयायतका सरसफाई र चिकित्सकिय सामाग्रीहरु तनहुँका विभिन्न अस्पताल र नागरिकहरुलाई वितरण गर्ने योजना रहेको नेता पौडेलले बताउनु भयो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न जटिल परिस्थितिमा पनि स्वास्थ्य सामाग्री र उपकरणहरु उपलब्ध गराउनुहुने वोधिसत्ता विहार, नेपाल मेडिकल एसोसिएसन, कोभिड–१९ हेल्प सेन्टरका सञ्चालक विपिन अधिकारी, यातायातको व्ययवस्था गरिदिने तनहुँ कांग्रेसका नेता भरतकृष्ण श्रेष्ठलगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु भएको छ ।









































