काठमाडौं, शनिबार, २२ जेठ २०७८ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको बताएका छन् ।

चुनाव घोषणा गरिसकेको अवस्थामा यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा सरकार पुनर्गठन गर्न राष्ट्रपतिसँग परामर्श गर्दा निर्वाचनको मिति तोकिएको हुँदा पुनर्गठन गर्न अस्वीकार गरिएको भन्दै नेता खाँणले सामाजिक सञ्जालमार्फत अहिले संविधान विपरित मन्त्रिमण्डल पुनर्गठन गरिएको बताएका हुन् ।








































