काठमाडौं, २१ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढाउनु भएको छ ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटनुभएको हो ।
प्रधानमन्त्री ओलीले बिहीवारको मन्त्रिपरिषद बैठकमै जसपालाई समभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा आफू रहेको र नयाँ अनुहारलाई स्थान दिनुपर्ने अवस्था रहेको भन्दै मन्त्रीबाट हटनु परे चित्त नदुखाउन आग्रह गर्नुभएको छ ।








































