काठमाडौं, बिहिबार, २० जेठ २०७८ । प्रदेश २ सरकारले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता लिन केन्द्र सरकारलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति निकालेर बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका हुन् ।
केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने राउतको चेतावनी छ ।
जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले वि’रोध गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।









































