अछाम, बिहिबार, २० जेठ २०७८ । समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आफ्नो श्रीमतीलाई दोस्रो जीवन दिएको भन्दै आइतबार घर फर्किने बेला अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन् ।
बयालपाटा अस्पतालले बिरामीलाई निको बनाएर दोस्रो जीवन दिएर घर पठाउने गरेको भन्दै आफूले सहयोग गरेको उनले बताए ।
यस्तो को’रोनाको कहरमा अस्पतालले नि:शुल्क रुपमा जनताको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि उपचार गरिरहेको भन्दै आफूले सहयोग गरेको भुलको भनाइ छ ।
स्वास्थ्यकर्मीको उपचार गर्ने साहस नै आत्मबल र हौसल्ला भएको सुरत भुलको भनाई छ । अस्पतालले दिइरहेको सेवा र स्वासथ्यकर्मीको कामको जति प्रशंसा गरे पनि कमै हुने बुझाई सुरतको छ ।









































