काठमाडौं, बिहिबार, २० जेठ २०७८ । नेकपा एमालेको कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न भन्दै नेता नेपालले बैठक बोलाएका हुन ।
एमालेबाट निष्कासनमा परेको नेपाल–खनाल समूहले आज ११ बजेका लागि बैठक बोलाएको हो । आजको बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।
खनाल–नेपाल समूहको हिजो सम्पनन बैठकमा जनवर्गीय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए । आज हुने केन्द्रीय कमिटीको बैठकबाट यसबारे औपचारिक निर्णय लिने नेपाल समूहको तयारी छ ।








































