काठमाडौं, १९ जेठ २०७८ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्वास्थ्य चौकीमा स्थानीयले आइशोलेसन निर्माण गरेका छन् ।
देश बिदेशमा रहेकाको सहयोगमा स्थानीय जुटेर १० वेड क्षमताको आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो ।
‘जताततै को´भिडको संक्रमण बढ्न थाल्यो, शहीदलखन गाउँपालिकामा पनि संक्रमण फैलियो’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘अन्यत्र अस्पतालमा वेड नपाउने, बिरामीको उपचारमा समस्या हुने भएपछि हामीले हाम्रै स्वास्थ्य चौकीमा आइशोलेसन निर्माण गरेको बताउनु भयो ।
’ अक्सिजन, स्तरीय बेड सहित आइशोलेसनका लागि चाहिने सबै उपकरण तयार रहेको वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो ।









































