गोरखा, बुधबार, १९ जेठ २०७८ । भिमसेनथापा गाउँपालिकाका दुइ वडामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ने वि संघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
भिमसेनथापा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष वासु थापामार्फत सो वडाका लागि र स्वास्थ्यचौकी इन्चार्ज चण्डिका भट्टमार्फत स्वास्थ्यचौकीका लागि मास्क, अक्सिमिटर, जिङ्कचक्की, भिटामीन सी र सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।
भिमसेनथापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, वडा नं ८ का वडा अध्यक्ष वासु थापा, पत्रकार महासंघका पूर्वअध्यक्ष एवं एकोरावका महासचिव किशोरजंग थापा, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटाको उपस्थितिमा तिमल्सिनाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।









































