काठमाडौं, सोमबार, १७ जेठ २०७८ । लुम्बिनी प्रदेशमा आज सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् ।
पार्टीले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले मतदानको अधिकार दिने निर्णय गरेको हो ।
पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरूको प्रदेश सभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले प्रदेशसभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट मुक्त गरिएको निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको थियो ।









































