काठमाडौँ, आइतबार, १६ जेठ २०७८ । जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्प’ष्टीकरण पठाएका छन् । यसबाट जसपाको वि’वाद उत्कर्षमा पुगेको छ। दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो ।
यसअघि जेठ ११ गते दुवै पक्षले तीन/तीन दिनको स्प’ष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा दुवै पक्षले जवाफ पठाएनन्। दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ नदिने भएका छन् ।
स्पष्टीकरण सोधिएको अवधि समाप्त भएमा एकले अर्कालाई कारबाही गर्ने तयारी दुवै पक्षले गरेका छन्।
दुवै पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासित गर्ने तयारीमा पुगेको छ। शनिबार बिहान उपेन्द्र यादवले महन्थ ठाकुर र ठाकुरनिकट राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधे ।
स्पष्टीकरण चित्त नबुझे पार्टीबाट निकाल्ने चेतावनी यादवले दिएका छन्। यादव पक्षबाट स्पष्टीकरण सोधिएको लगत्तै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेका छन्।








































