काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्न शुरु गरेका छन् ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएपछि अर्थमन्त्री पौडेलले भाषण गर्न लागेका हुन् ।
संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यसपटक अध्यादेशमार्फत् ल्याउन लागिएको हो । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजेटसँग सम्बन्धित अध्यादेश जारी भइसकेका छन् ।








































