काठमाडौँ, बिहिबार, १३ जेठ २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सं’विधान र लो’कतन्त्रको र’क्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अ’दालतमा दर्ता गराएको निवेदनमा अ’दालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भ’र्चुअल कार्यक्रममा उहाँले प्रधानमन्त्रीले संविधान उ’ल्लंघन गरेको आरोप ल’गाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताउनुभयो । उहाँले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दावीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भनी आपत्ति जनाउनुभयो ।
देउवाले भन्नुभयो, “अहिले जनताको जीवन रक्षा प्रमुख विषय हो, तसर्थ हामी अदालत गएका हौँ, यसमा जनमत सिर्जना गरी सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछौँ ।” फरक प्रसंगमा उहाँले आफूले पार्टीको म’हाधिवेशन गर्न नसकेको कलंक बोक्न नचाहेको उल्लेख गर्दै सबैको चित्त बु’झाएर नि’र्धारित समयमै सम्पन्न गरिने विश्वास दिलाउनुभयो ।








































