काठमाडौं, १२ जेठ २०७८ । नेपाली काँग्रेस पदाधिकारी बैठक सम्पन्न भएको छ ।
आज बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठमा बसेको पदाधिकारी बैठकले प्र’तिनिधिसभा वि’घटन लगायत सरकारका पछिल्ला अ’संवैधानिक क’दमहरविरुद्ध विपक्षी दलहरु थप अगाडि बढ्ने विषयमा छलफल केन्द्रीत रहेको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष र राष्ट्रियय जनमोर्चा गरि ५ विपक्षी गठबन्धनहरुले १ सय ४९ जना प्रतिनिधिसभा सांसदहरुको हस्ताक्षर सहित राष्ट्रपति समक्ष सरकार गठनको दाबी पेश गरेको र राष्ट्रपतिद्धारा संविधानको धारा ७६ को उपधारा छ बमोजिमको यस दाबीलाई बदर गरिएको कार्य असंवैधानिक भएका कारण पदाधिकारी बैठकले यस विषयमा गम्भिर छलफल गरेको खाँडले बताउनुभयो ।
यससँगै दोस्रो लहरको को’रोना म’हामारीका का’रण जनजीविकामा पुगिरहेको प्रत्यक्ष असर न्यूनीकरण गर्न विगतमा पनि प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको छ ।








































