गोरखा, मंगलबार, ११ जेठ २०७८ । जन आदर्श सेवा समाजद्वारा गोरखाको भिमसेनथापा २ मा स्वास्थ्य सामाग्री वितरण गरेको छ । सामाजिक सेवाको लागि स्थापना भएको भनेर चिरपरिचित संस्था जन आदर्श सेवा समाजले गोरखा जिल्ला भिमसेन थापा गा पा वडा न २ मा फैलिएको को’रोना भाइरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त संस्थाले मास्क, स्यानीटाईजर, थर्ममिटर, डिटोल, क्लोरिन, अक्सिमिटर लगायत अन्य विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।

उक्त वडामा सहयोग गरिएका सामाग्रीहरु भिमसेन थापा २ का वडा अध्यक्ष नारायण भट्टराई , दार्मे टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई , पधेरे टोल सुधार समितिका अध्यक्ष बिक्रम थापा र अर्चले टोल सुधार समितिका अध्यक्ष देबी प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको हो ।










































