काठमाडौ, मंगलबार, ११ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाको पहलमा काठमाडौं–३० रातोपुलमा को’रोना सं’क्रमित बिरामीको लागि अक्सिजन सहितको को’भिड–१९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।
नेता थापाको पहलमा सां’सदको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ सँगको समन्वयमा काठमाडौं महानगरपालिका–३० द्धारा को’भिड–१९ आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
सोमबारदेखि सञ्चालमा आएको आइसोलेसन सेन्टरमा हाललाई दैनिक २५ जनासम्म को’रोना सं’क्रमतिलाई भर्ना गरेर उपचार सेवा दिइने नेता थापाले बताउनु भयो ।

उहाँले काठमाडौंका अन्य ठाउँमा खोलिएका आइसोलेसन भन्दा फरक व्यवस्थापनका साथ आइसोलेसन सेन्टर संचालन गरिएको पनि बताउनु भयो । कोरोना संक्रमितको चापको आधारमा ५० शय्यासम्म सञ्चालन गर्न सकिने गरी सोही अनुसार भौतिक पूर्वाधार र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको नेता थापाले जानकारी दिनुभयो ।
‘काठमाडौंमा खोलिएका अन्य आ’इसोलेसन सेन्टर जस्तो सं’क्रमितलाई अलग्गै राख्नका लागि मात्र यो सेन्टर खोलिएको होइन,’ नेता थापाले भन्नुभयो ‘यहाँ प्राइमरी हस्पिटलको जस्तो सेटअप छ, हाइ फ्लो अक्सिजन सहितको उपचार सेवा दिन सक्ने गरी पूर्वाधार सेटअफ गरिएको छ ।’









































