काठमाडौँ, १० जेठ २०७८ । शीर्ष नेताहरु सर्वोच्च अदालत परिसरबाट बाहिरिएका छन् ।
विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रि’ट दर्ता गरेपछि सर्वोच्च अदालतबाट बाहिरिएका हुन् ।
कांग्रेस नेता रमेश लेखकका अनुसार संसदमा रहेका ५४ प्रतिशत सांसदहरुको हस्ताक्षर रहेको रिटमा तीन मागहरु रहेका छन् । लेखकका अनुसार संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्न, संसद अधिवेशनको मिति तोक्न र संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ।








































