पाँचथर, आइतबार, ९ जेठ २०७८ । हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म को’रोनाभा’इरस ४४ जना स’ङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना स’ङ्क्रमित फेला परेका हुन् ।
शुक्रबारमात्रै उक्त वडामा ४३ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको थियो । उनीहरूमध्ये अधिकांश सोही टोलका हुन् । मालबाँसे टोलका विभिन्न उमेर समूहका स्थानीयवासीमा सङ्क्रमण देखिएको छ । यहाँ आयोजित विवाहबाट सङ्क्रमण ब्यापक फैलिएको स्थानीयवासीको अनुमान छ ।
अ’धिकांश स्थानीयवासीमा ज्वरो, रुघा खोकी, खाना नरुच्ने, शरीर दुख्नेजस्ता समस्या भएपछि स्थानीयवासी समेत रहनुभएका शिक्षक वीरेन्द्र सुहाङको समन्वयमा यहाँका आठ जना बिरामीलाई गत आइतबार प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पु¥याई एण्टिजेन परीक्षण गरियो ।
प’रीक्षणमा सबै जनामा को’भिड–१९ को स’ङ्क्रमण पुष्टि भयो । त्यसयता गाउँपालिकाले उक्त वडाकै अन्य टोलहरू भालुखोप, अमले, जेभालेमा समेत परीक्षण बढाएको छ । वडाभरीमा हालसम्म ५६ जनामा सङ्क्रमण देखिएको वडा सदस्य राजकुमार पन्थाकले जानकारी दिनुभयो ।
मालबाँसे र भालुखोप क्षेत्रमा निकै ब्यापक रूपमा सङ्क्रमण फैलिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख चन्द्रप्रसाद घिमिरेले बताउनुभयो । “यहाँको स्थिति निकै भयावह छ । घर–घरमा बिरामी हुनुहुन्छ”, घिमिरेले भन्नुभयो, “कतिपय बुढापाकाले अझैसम्म परीक्षण गर्न मान्नुभएको छैन् ।” सङ्क्रमण ब्यापक भएपछि जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेन, स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी लगायतले स्थगलत रुपमा निरीक्षण गर्नुभएको छ ।









































