काठमाडौं, शनिबार, ८ जेठ २०७८ । मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ।
कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण मतले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्ने जानकारी दिनुभयो । । बैठकको समय तय भइनसकसको उनको भनाइ छ ।
राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछिकांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गरेका छन् ।








































