काठमाडौँ, बिहिबार, ६ जेठ २०७८ । त आइतबार लम्कराका ९१ जनाको स्वाब परीक्षण गर्दा ७७ जनामा सं’क्रमण पुष्टि भयो । लम्करामा ६४ घरधुरी छन् । गाउँमा अहिले रुघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन । ‘घरमै बसिरहेका सबै ७७ संक्रमितको स्वास्थ्य सामान्य छ,’ फोक्सिङ स्वास्थ्यचौकी प्रमुख दलबहादुर थापाले भने, ‘अहिले सिटामोलको अभाव छ ।’
गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर परम्पराअनुसार ढोगभेट अहिले फुकाएकाले कालीगण्डकी–५ लम्करास्थित घरमै भोज गरिएको थियो । त्यसको चार दिनपछि ५१ वर्षीय तकबहादुरलाई रु’घाखोकी र ज्व’रो आयो ।
अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृ’त्यु भयो । मृ’त्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना ‘पो’जिटिभ’ देखियो । केही दिनअघि गाउँकै ५७ वर्षीया महिलाको पनि सं’क्रमणले ज्यान लियो ।
यातायातको सहज पहुँच नभएको यो गाउँमा औषधि मात्र होइन नुन र अन्य खाद्यान्नसमेतको अभाव रहेको बताउँछन् वडाध्यक्ष थम्मनसिंह आले । ‘अहिले खाद्यान्न र औषधि जुटाउने प्रयास भइरहेको छ,’ उनले भने ।
सं’क्रमण फैलिएपछि गाउँमा आउजाउ बन्द गरिएको छ । सं’क्रमितको उपचार र लक्षण देखिएका अन्य शं’कास्पद व्यक्तिको पीसीआर परीक्षणमा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष देवबहादुर थापाले बताए । अर्घाखाँचीका प्रायः गाउँमा पनि अवस्था उस्तै छ ।कान्तिपुर दैनिकबाट









































