काठमाडौं, ३ जेठ २०७८ । २८ औं जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा सम्पूर्ण पार्टी पंक्तिका तर्फबाट उहाँहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय रहेको बताउनुभयो ।
नविन विचारकका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक जननेता स्वर्गीय भण्डारीले नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तरार्ष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवम् समीषामाथी आधारित भएर जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको प्रधानमन्त्री ओलीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।









































